नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ७७ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर २ सय ९० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् भने ७७ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts