डा. पौडेलको स्वास्थ्यसम्बन्धी बहुउपयोगी पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’ सार्वजनिक 



Download our app to get more features

चितवन, ७ कात्तिक । चितवनका प्रा.डा. कृष्णप्रसाद पौडेलको स्वास्थ्य सम्बन्धी बहुउपयोगी पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’ सार्वजनिक गरिएको छ ।

भरतपुरमा शुक्रवार फूलपातीको दिन पारेर एक कार्यक्रमबीच सो पुस्तक सार्वजनिक गरिएको हो । ३१ वटा लेख रहेको सो पुस्तकमा २२ वटा हाडजोर्नीसँग सम्बन्धीत विषयवस्तु रहेको उनले जानकारी दिए । अन्य लेख भने समसामयिक स्वास्थ्यसम्बन्धी रहेको उनले बताए । त्यसमध्ये पनि अन्तिमको लेख भने कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी रहेको उनले बताए । 

निबन्धात्मक शैलीमा लेखिएको सो पुस्तक सर्वसाधारणका लागि हाडजोर्नी तथा नसासम्बन्धी जानकारीका लागि उपयोगी हुने उनले बताए । हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका सर्वसाधारणले सरल भाषाको सो पुस्तकमार्फत कतिपय उपचार घरमै बसेर गर्न सकिने उनको विश्वास छ ।

अर्थोपेडिक तथा स्पाइन सर्जन प्रा.डा. पौडेल भरतपुर अस्पतालमा पूर्वमेडिकल सुपरिटेण्डेन्ट एवम् नेपाल चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष समेत हुन् ।

Last modified on 2020-10-24 12:42:48

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts