पूर्व प्रधानमन्त्री डा.भट्टराई दम्पत्तिमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

डा. भट्टराई आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू र श्रीमितमा कोरोना संक्रमण पुष्टि भएको लेखेका छन् ।

भट्टराईले कात्तिक ७ गते आफूहरुले पिसिआर परीक्षण गर्दा आज आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।

जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts