थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक लाख ५५ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १३ हजार ८ सय ४६ पिसिआर परीक्षण गरिएकोमा ७ सय ७९ जना महिला र १४ सय ४६ जना पुरुष गरि थप २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ । यो दर कुल संक्रमितको ६९ दशमलव ८ प्रतिशत हो ।

हाल नेपालभर ४६ हजार ५६ सक्रिय संक्रमित रहेका छन् । यो संक्रमितको २९ दशमलव ७ प्रतिशत हो ।
 
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts