देशभर ३ सय ७ जना कोरोना संक्रमित आईसीयूमा, यस्तो छ प्रदेशगत अवस्था



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै जादा आईसीयू र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि बढ्दै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभार ३ सय ७ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ७० जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
 
सबैभन्दा धेरै संक्रमितको संख्या रहेको बागमती प्रदेशमा मात्रै १ सय ८१ जना संक्रमित आईसीयूमा उपचार भइरहेको छ भने ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै लुम्बिनी प्रदेशमा ४४ जना आईसीयु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आईसीयू र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

यसैगरि सुदुरपश्चिममा २ जना आईसीयू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ जना आईसीयू र १ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ८ जना आईसीयूमा उपचाररत रहेका छन् ।  

यस्तै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै कुल मृतकको संख्या ८ सय ४२ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts