दशैंमा स्वास्थ्य मन्त्रीको शुभकामना सन्देशः चाडबाड मनाउँदा स्वास्थ्यका मापदण्ड पालना गर्नुहोला



Download our app to get more features

काठमाडौं, ९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यसपटकको दशैं स्वास्थ्य मापदण्ड पूरा गरेर मनाउन सबैलाई आग्रह गरेका छन् ।

दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस वर्षको दशैं जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरेर सीमित रुपमा मनाउन आग्रह गरेका छन् ।
 
विगतमा चाडपर्व मनाउँदा स्वास्थ्यलाई प्राथमिकतामा राखेर मनाएझै यस वर्षको चाडपर्व मनाउँदा कोरोना महामारीका कारण अझ बढी ध्यान दिनुपर्ने भन्दै उनले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्न र एक अर्काको स्वास्थ्यको पूर्ण ख्याल राख्न पनि सन्देशमा उल्लेख गरेका छन् ।
 
महामारी विरूद्धको लडाईंमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग प्रति आभार व्यक्त गर्दै मन्त्री ढकालले यस रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि भनेका छन् ।

उनले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि हामीले स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिनुपर्छ । त्यसैका लागि सरकारले निरोगी नेपालका लागि काम अघि बढाएको छ । संविधानमै सुनिश्चित भएको स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि हामी काम गरिरहेका छौँ ।’

मन्त्री ढकालले सरकार नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको र सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरिएको उल्लेख गरे । 

उनले अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको दोहोर्याउँदै अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको जानकारी गराए । 

अस्पतालको गेडभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनु नपरोस भनेर गरिब, बिपन्न र वेबरिस मानिसको आकस्मिक उपचार निशुल्क गर्नेगरी व्यवस्था मिलाएको उनको भनाइ छ ।

सरकार सधैँ आम नागरिकको साथमै रहेको छ । यो महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी छ । सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ । अन्तमा यो एकताले महामारी हाम्रो विजय सम्भव हुने विश्वास व्यक्त गर्दै फेरि एक पटक वडा दशैँ, तिहार, नेपाल संवत, छठ लगायतका सम्पूर्ण चाडपर्वहरुको उपलक्ष्यमा सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts