स्वास्थ्य शिविरबाट छ सय भन्दा बढीलाई सेवा

What's This?


Download our app to get more features

दाङ, ७ चैत । रोटरी क्लब अफ तुलसीपुरको आयोजनामा शनिबार पश्चिम दाङको धनौरीमा गरिएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले स्वास्थ्यसेवा लिएका छन् ।
जिल्लाको पश्चिम भेगका पवननगर, शान्तिनगर, पञ्चकुले तथा बाघमारे, धनौरी र श्रीगाउँ गाविसका नागरिकलाई लक्षित गरेर आयोजना गरिएको शिविरमा ६ सय १५ जना बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष ललितबहादुर घर्तीले जानकारी दिए ।


शिविरमा राप्ती अञ्चल अस्पतालका डा. महेश कर्माचार्य, डा. हेमराज शर्मा, डा. सुबोध शर्मा र वरिष्ठ दन्तरोग विशेषज्ञ डिबी भुषाल, स्वास्थ्यकर्मी राजेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन न्यौपानेलगायत ४० जनाको टोलीले सेवा दिएका थियो । उपचारका लागि आएका बिरामीमा धेरै पेट दुख्ने, पाठेघरका समस्या, हातखुट्टा दुख्ने र दांतका विभिन्न समस्या भएका रहेको उपचारमा संलग्न डा. हेमराज शर्माले बताए ।


जिल्लाको सदरमुकामदेखि टाढा ग्रामीण समुदायलाई लक्षित गरेर शिविरको आयोजना गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । शिविरमा स्वास्थ्यकर्मी तथा पाल्पाली मेडिकल फर्मका सञ्चालक राजेन्द्रप्रसाद श्रेष्ठको सक्रियतामा विभिन्न कम्पनीबाट संकलन गरिएको औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।


कार्यक्रममा स्वास्थ्यकर्मी श्रेष्ठले धनौरी गाविस–९ को लोकप्रिय विद्यालयलाई प्राथमिक उपचार सामग्रीसहितको बक्स हस्तान्तरण गरेका छन् ।


रासस

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts