गण्डकी प्रदेशमा संक्रमणको हिसाबले कास्की ‘रेड जोन’मा



Download our app to get more features

कास्की, १५ कात्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनदिनै उकालो लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका दुई सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ।

यो हालसम्मकै उच्च संक्रमण दर हो। ९ सय ३४ स्वाब परीक्षण गर्दा २ सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

पछिल्लो १५ दिनमा १८ सय १५ संक्रमित थपिएका छन्। संक्रमण दर अनुसार कास्की ‘रेड जोन’ मा परेको छ।

निर्देशनालयका अनुसार प्रदेशमा दैनिक आधाभन्दा बढी संक्रमित कास्कीका छन्। बुधबार दुई सय ६९ जनामा पोजेटिभ देखिँदा एक सय ८३ जना कास्कीका रहेको निर्देशनालयले जनाएको छ।

शुक्रबार साँझसम्म कास्कीका २३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये सात सय ४० जना निको भएका छन्। 

नवलपुरका १६ सय ६३ जनामा पोजेटिभ देखिएकोमा ११ सय २ संक्रमित निको भएका छन्। शुक्रबार नवलपुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको छ।

कास्की र नवलपुरबाहेक शुक्रबार तनहुँमा २१, पर्वतमा १०, बागलुङमा ९, स्याङ्जामा सात, बागलुङ, गोरखा र म्याग्दीमा चार÷चार जना थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशका ११ मध्ये मनाङमात्रै कोरोनामुक्त छ। ९ संक्रमित निको भएपछि मनाङ ग्रीन जोनमा छ। प्रदेशमा सबैभन्दा कम मुस्ताङमा दुई जनामा पोजेटिभ देखिएको छ।

Last modified on 2020-10-31 12:35:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts