भरतपुर अस्पतालमा उपचाररत रौतहटका काेराेना संक्रमित पुरूषकाे मृत्यु



Download our app to get more features

 चितवन, २२ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड–१९) संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

रौतहट जिल्ला,गजुरा नगरपालिका–२ का ७० वर्षीय वृद्धको शनिवार अपरान्ह ४ः४५ बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ । ज्वरो, खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनीलाई यहि कात्तिक १२ गते अस्पताल भर्ना गरिएकाे थियाे ।

उनमा साेही दिन काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि यहि कात्तिक १८ गतेदेखि काेभिड आईसियूमा राखेर उपचार शुरू गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । मिर्गाैलाकाे पुरानाे बिरामी समेत रहेका उनमा जटिल प्रकृतिकाे काेभिड निमाेनिया समेत देखिएकाे थियाे ।

स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts