भरतपुर अस्पतालमा उपचाररत चितवनका काेराेना संक्रमित पुरूषकाे मृत्यु



Download our app to get more features

 चितवन, २३ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड–१९) संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

चितवनकाे भरतपुर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषकाे आइतवार अपरान्ह ४ः३० बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ । ज्वरो, खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनीलाई यहि कात्तिक २० गते अस्पताल भर्ना गरिएकाे थियाे ।

उनमा कात्तिक १६ गते नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि यहि कात्तिक २० गतेदेखि नै काेभिड आईसियूमा राखेर उपचार शुरू गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

मधुमेहकाे बिरामी समेत रहेका उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनकाे मात्रा कम भएकाे अस्पतालले जनाएकाे छ । उनमा जटिल प्रकृतिकाे काेभिड निमाेनिया समेत देखिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

याेसँगै भरतपुर अस्पतालमा चितवन र अन्य जिल्लाका समेतगरी ३७ जना काेराेना संक्रमितकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

Last modified on 2020-11-08 20:20:15

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts