चितवनमा झन्डै ३५ सय जना कोरोना संक्रमणमुक्त, मृतकको संख्या ७७ पुग्यो



Download our app to get more features

चितवन, २६ कात्तिक । चितवनमा कोरोना संक्रमित मध्ये ६८ दशमलव ५५ प्रतिशत स्वस्थ भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंगलबार दिउँसोसम्म ३ हजार ४ सय ८६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । 

यस्तै चितवनमा कोरोना संक्रमितको संख्या ५ हजार ८५ जना पुगेको छ ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकाका मात्रै ३ हजार ५ सय १९ जना छन् । यो संख्या जिल्लाका कुल संक्रमितको ६९ प्रतिशत हो । जसमध्ये अहिलेसम्म २ हजार ३ सय ५० जना स्वस्थ भएका छन् ।

त्यसैगरी इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ३१ जनामा संक्रमण देखिएको छ । जसमध्ये २६ जना संक्रमणमुक्त भएका छन् । बाँकी भने जिल्लाका विभिन्न स्थानीय पालिकाहरूका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या एकहजार ५ सय २२ जना छ । त्यसमध्ये एकहजार ३ सय १५ जना होम आइसोलेसन, ९७ जना हस्पिटल र एकसय १० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

चितवनमा संक्रमित हुनेमा महिला भन्दा पुरूष बढी छन् । अहिलेसम्म ३ हजार ३७ जना पुरूष र २ हजार ४८ जना महिलामा संक्रमण पुष्टि भएको हो । जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ७७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ४५ जना भरतपुर महानगरपालिका भित्रका छन् । 

जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2020-11-11 07:57:58

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts