औषधि अभाव हुँदा सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा

What's This?


Download our app to get more features

कञ्चनपुर, ७ चैत । सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको अर्जुनीमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव भएको हो ।

निःशुल्क रुपमा औषधि उपलब्ध गराउनका लागि सरकारी निकायले चासो नराख्दा सर्पदंशका बिरामीलाई सेवा दिन नसकिने अवस्था रहेको केन्द्रका अध्यक्ष लोकेन्द्र ऐरीले बताए ।
‘औषधि अभाव भएपछि सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था सिर्जना भएको छ’ उनले भने । यसैगरी, सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा दिनका लागि निर्माण थालिएको भवनसमेत रकम अभावले अलपत्र परेको छ ।

जिल्ला विकास समिति कञ्चनपुरले एक लाख २५ हजार र झलारी पिपलाडी नगरपालिकाले एक लाख ५० हजार रकम प्रदान गरेर निर्माण थालेको भवनको छाना राख्नका लागि रकम अपुग भएपछि अलपत्र परेको हो ।

निर्माणाधीन चारकोठे भवनका लागि अझै १२ लाख आवश्यक पर्छ अध्यक्ष ऐरीले भन्ने, ‘रकम जुटाउनका लागि दातृनिकायसँग आग्रह गरेका छौँ ।’

हालसम्म कुनै पनि निकायबाट रकमको व्यवस्था नहुँदा केन्द्रको भवन निर्माणको कार्य चार महिनादेखि अलपत्र परेको उनले बताए । गत वर्षदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र नेपाली सेनाकै ब्यारेकको कोठामा सञ्चालन हुँदै आएको छ । उपचार केन्द्रमा एक वर्षअघि निःशुल्क रुपमा ५० बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ ।


रासस

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts