भाइटीका विशेष : भाइमसलाको फाइदा 



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, १ मंसिर । नेपालीहरुको दोस्रो महान चार्ड तिहारमा भाइमसलाको रुपमा ड्राइ फ्रुट्स तथा मसलाहरु निकै लोकप्रिय छन्। विशेषतः भाइटिकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि भाइमसला उपहार स्वरुप दिने चलन छ। 

खासगरी काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, सुपारी, मखना लगायत मसलाहरु भाइमसलाका रुपमा प्रयोग गरिन्छन्। दाजुभाइलाई दिइने यस्ता मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छन्। खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरुको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा निकै सहयोग पुग्छ। साथै रोगनिरोधक क्षमता बढ्छ। 

vayoda

ओखर :
तिहारमा विशेष महत्वका साथ प्रयोग हुने तिहार निकै लाभदायक मानिन्छ। ओखरको नियमित सेवनले व्यक्तिको दिमाग तेज चल्न मद्दत पुर्‍याउँछ। यसले कपाल तथा छालासम्बन्धी समस्याबाट छुटकारा पाउन समेत मद्दत पुर्‍याउँछ। यसको नियमित सेवनले कब्जियत समस्याबाट समेत मुक्ति मिल्छ। 

बदाम :
भाइमसलामा राखिने बदाम पनि निकै स्वास्थ्यवर्द्धक मानिन्छ। बदाम प्रोटिनको स्रोत पनि मानिन्छ। यसको सेवनले शरीरमा रक्तकोष तथा हेमोग्लोबिनको विकासमा निकै सहयोग पुग्छ। खानापछि बढ्ने सुगरको मात्रा यसको प्रयोगले कमी आउँछ। मुटुरोग रोकथाममा पनि यसले सघाउ पुर्‍याउँछ। स्मरण शक्ति बढाउनुका साथै बदामले मष्तिष्कको विकासमा समेत टेवा पुर्‍याउँछ। 

किसमिस :
किसमिस पनि भाइमसलामा प्रयोग हुन्छ। अंगुर सुकाएर बनाइने किसमिस निकै फाइदाजनक मानिन्छ। क्याल्सियम, फाइबर र आइरनको स्रोत मानिने किसमिसले रक्तअल्पता तथा कब्जियत हटाउन मद्दत पुर्‍याउँछ। यसबाहेक एनिमिया, दाँतमा हुने क्याविटी तथा किड्नीको पत्थरी हुनबाट समेत यसले जोगाउँछ। यसमा पाइने ग्लुकोजले शरीरलाई ऊर्जा समेत प्रदान गर्छ।

काजु :
अधिकांशको लोकप्रिय मानिने काजु हल्का गुलियो स्वादको हुन्छ। यसमा भिटामिन ई पर्याप्त मात्रामा पाइन्छ। चिकित्सककाअनुसार काजुमा प्राप्त हुने एन्टि–एजिङ तत्वले तपाईंको छालाको सुन्दरता कायम गर्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनबाट छुटकारा पाउन सकिन्छ। अर्थात् तपाइँको अनुहार उमेरभन्दा भर्खरको जस्तो देखाउन मद्दत मिल्छ। 

यसमा पाइने तत्वले मुटुलाई समेत स्वस्थ्य बनाउन मद्दत पुर्‍याउँछ। मांसपेशीलाई बलियो बनाउनुका साथै डायबिटिज समेत नियन्त्रणमा मद्दत गर्छ। काजुमा कार्बोहाइड्रेड, प्रोटिन्, आइरन लगायत तत्व पाइन्छ। 

पेस्ता :
पेस्ता शरीरका लागि गुणकारी मानिन्छ। यसमा पाइने म्याग्नेसियम, कपर, रेशा, फस्फोरस र भिटामिन बी जस्ता तत्वले शरीरलाई निकै फाइदा पुर्‍याउँछ। पेस्ताले शरीरको कोलेस्ट्रोल नियन्त्रण गरी मुटुसँग सम्बन्धीत रोगहरुबाट बचाउँछ
साथै पेस्तामा भिटामिन ई पाइन्छ। यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्दछ। त्यस्तै छालाको क्यान्सर जोखिम कम गराउँछ। उमेर अगाडि नै देखिने चाउरीपनमा समेत पेस्ताको सेवनबाट राहत मिल्छ। सन्तुलित रक्त सञ्चालन प्रणालीका लागि उपयुक्त मानिने पेस्ताले हृदयघातजस्ता रोगबाट समेत बचाउँछ। 

नरिवल :
भाइमसलामा नरिवलको अनिवार्य प्रयोग गरिन्छ। नरिवल स्वास्थयका दृष्टिले अत्ति उपयोगी फल हो। खाना नपच्ने, पिसापसम्बन्धी रोग, रक्त विकारलगायत समस्याका लागि यो उपयुक्त मानिन्छ। नरिवलमा भिटामिन ए, बी, सीका साथै क्याल्सियम, प्रोटिन र फलाम पाइन्छ। 

छोकडा :
छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायत तत्वहरु प्रचुर मात्रामा पाइन्छ। दैनिक ५ वटा छोकडा खाँदा शरीरका लागि अचुक फाइदा हुने चिकित्सकहरु बताउँछन्। छोकडाको प्रयोगले स्वास्थ्य तथा सुन्दर बन्न सहयोग पुग्छ।

छोकडाको नियमित सेवनले पेटसम्बन्धी समस्या कम हुन्छ। छोकडा दूधसँग खाएमा यौन दुर्वलता कम हुन्छ। दमका रोगी लाई पनि यो निकै उपयुक्त हुन्छ , शरीरमा रगतको मात्रा बढाउँछ। त्यस्तै यसको सेवनले थकान कम हुन्छ। शरीरलाई निकै फाइदा पुग्छ। 

मखना
भाइमसलाका रुपमा प्रयोग हुने मखनाको पनि उत्तिकै महत्व छ। मखनाको सेवनले तनाव कम हुनुका साथै आरामले निदाउन समेत सहज पुर्‍याउँछ। यसलाई सुत्नु अगाडि दूधसँग सेवन गर्न सकिन्छ। 

Hamro Doctor
Last modified on 2020-11-16 07:39:47

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts