कैलालीका थप २ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, ५ मंसिर ।  कैलालीका थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
शुक्रबार सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कार्तिक २५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको जानकारी दिए ।
यस्तै जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । 
कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनको शुक्रबार बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको सेती अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts