कोरोना संक्रमणबाट सुदूरपश्चिममा पहिलोपटक स्वास्थ्यकर्मीको निधन



Download our app to get more features

धनगढी, ६ मंसिर । कोरोना संक्रमणका कारण सुदूरपश्चिममा पहिलोपटक स्वास्थ्यकर्मीको निधन भएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ स्थित रहफ स्वास्थ्य चौकीका इन्चार्ज, सिनियर अहेब कपिल श्रेष्ठको हिजो (शुक्रबार) निधन भएको हो ।

श्रेष्ठको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा अपराह्न १२ बजे उपचारका क्रममा निधन भएको हो । धनगढी उपमहानगरपालिका–५ का बासिन्दा ५५ वर्षीय श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । श्रेष्ठको शव कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाको टोली हिजोनै हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts