देशभर ३ सय ३३ जना संक्रमित आईसीयूमा उपचाररत, सबैभन्दा धेरै बागमति प्रदेशमा



Download our app to get more features

काठमाडौं, ११ मंसिर । जाडो याम सुरु भएसँगै नेपालमा आईसीयू र भेन्टिलेटरमा उपचार गराउने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३ सय ३३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ५६ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ३६ जना रहेका छन् भने ३५ जना भेन्टिलेटरमा उपचाररत छन् । 

यस्तै लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

त्यस्तै सुदुरपश्चिममा ८ जना आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६८ जना आईसीयू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ जना आईसीयू उपचाररत रहेका छन् । 

यस्तै हाल नेपालभर १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts