भरतपुर अस्पतालमा उपचाररत थप दुई जनाको कोभिड निमोनियाका कारण मृत्यु



Download our app to get more features

चितवन, १२ मंसिर । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका १७ का ७७ वर्षीय पुरुष र मकवानपुर जिल्ला हेटौडा १० का ५७ वर्षीया महिला रहेका छन् ।
 
भरतपुरका पुरुषमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि ६ गते कोभिड आईसीयूमा राखेर उपचार गरिँदै थियो । तर, उपचार सम्भव नभएपछि आज बिहान सवा ५ बजे कोभिड निमोनियाका कारण मृत्यु भएको हो ।

यस्तै मकवानपुरकी महिलालाई ८ गते कोभिड संक्रमण पुष्टि भएको थियो र उनमा पनि  ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि मिति ११ गते कोभिड १९ आईसीयूमा राखी उपचार गरिएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै मिति आज बिहान ६ बजे कोभिड निमोनियाकै कारण मृत्यु भएको अस्पतालले बताएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts