देशभर १० हजार ९ सय ४४ जना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, १२ मंसिर । देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

शुक्रबार १७ हजार २ सय ३६ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ९ सय ३९ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  १ हजार ४ सय ३४, प्रदेश २ मा ३ सय २२, लुम्बिनी प्रदेशमा ३ सय २४, सुदूरपश्चिम प्रदेशमा २ सय ५९, गण्डकी प्रदेशमा ५ सय८२ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts