विश्व एड्स दिवस

एचआइभी र एड्स एउटै होइन, जानौं यसका भिन्नता 



Download our app to get more features

एजेन्सी, १६ मंसिर । एड्सको विषय उठ्ना साथै यसको खतरनाक भाइरस एचआइभीको पनि कुरा आउँछ । अझै धेरै जसोको बुझाइ के छ भने एड्स र एचआइभी एउटै हो । तर यस्तो बुझाइ गलत हो । एचआइभी एक भाइरस हो जसले एड्स निम्त्याउँछ । एचआइभी र एड्सका केही भिन्नता निम्न छन् :—

एड्स
एचआइभी भाइरसका कारण एड्स रोग हुनसक्छ । मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि एड्सको जोखिम बढ्छ । जसको शरीरले आफैलाई रक्षा गर्न सक्दैन त्यसबेला एचआइभी संक्रमण बढ्दै जान्छ । हालसम्म एचआइभी र एड्सको कुनै उपचार फेला परेको छैन । तर सही उपचार भएमा यस्ता रोगका बिरामी लामो समयसम्म सक्रिय जीवन भने ज्यून सक्छन् ।  

एचआइभी
हानिकारक तत्वसँग लड्न शरीरमा प्राकृतिक रक्षा संयन्त्र हुन्छ । यस्तो प्राकृतिक रक्षा संयन्त्रलाई एचआइभी भाइरसले कमजोर बनाउँछ । शरीरमा लाग्ने बिमारीबाट जोगाउने सेता रक्तकोषिकालाई एचआइभीले नष्ट गरिदिन्छ ।  

एचआइभी संक्रमण कसरी एड्स बन्छ ? 
यो कुरा बुझ्न जरुरी छ की कुनै बिरामीका कारण एड्स हुँदैन । सिर्फ एचआइभी संक्रमणका कारणबाट मात्रै एड्स हुन्छ । एचआइभी संक्रमणको अन्तिम स्टेजमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पुरै फेल हुन्छ । यही अवस्थालाई एड्स भनिन्छ । एड्स भएमा शरीरको तौल कम हुने, टाउको दुख्ने साथै शरीरका अन्य अंग र मानसिक समस्या देखिन्छ । एड्स रोगीलाई जुनसुकै रोगले जुनसुकै बेला संक्रमण गर्न सक्छ ।

यस्तो अवस्थामा फैलिन्छ एड्स
एड्स फैलने पहिलो अवस्था भनेको असुरक्षित यौन सम्पर्क नै हो । संक्रमित व्यक्तिसँग अशुरक्षित यौन सम्पर्क गरेमो एड्स फैलन्छ । यस्तै एचआइभी संक्रमित आमाबाट जन्मने बच्चामा पनि एड्स लाग्न सक्छ । संक्रमित आमाबाट स्तनपान गराए पनि एड्सको सम्भावना उच्च रहन्छ । यद्यपि, एन्टीरेट्रो वायरल औषधिबाट यस्तो संक्रमण रोक्न सकिन्छ । एचआइभी बिषेशगरी शरीरबाट निस्कने ¥याल, रगत, यौनरस, संक्रमित महिलाले स्तनपानबा सर्न सक्छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts