तीन दिनभित्र बीमाको रकम भुक्तनि गर्न समितिलाई निर्देशन

रकम भुक्तानिका लागि समिति प्रतिवद्धः चापागाईं



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, १९ मंसिर । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम तीन दिनभित्र उपलब्ध गराउन ताकेता निर्देशन गरेको छ । 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र एवं संस्थान समन्वय महाशाखाले बीमा समितिलाई पत्र लेख्दै बीमा दावी भुक्तानी तीन दिन भित्र गर्न ताकेता निर्देशन गरेको हो । 

vayoda

मन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दावीहरुको भुक्तानि तीन दिन भित्र गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन भनेको छ ।

यस्तै अद्यावधिक गर्न बाँकी दावीको अद्यावधिक यथाशिघ्र सम्पन्न गरी भुक्तानि दिने व्यवस्था मिलाउन, कोरोना दावी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरूबाट प्राप्त दावी भुक्तानीमा देखिएका समस्या‚ बीमा कम्पनीमा पेन्डिङमा रहेका दावीका विवरण र समस्या समाधानका लागि समितिबाट भएको प्रयास र मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरूका बारेमा विस्तृत जानकारी गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशन पछि बीमा समितिले मन्त्रालयको निर्देशन अनुसार बीमाको रकम भुक्तानि गर्न समिति प्रतिवद्ध रहेको बताएको छ ।

समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले प्रक्रिया पूरा भएका र कागजात पुगेकाहरुको रकम तीन दिन भित्र भुक्तानिका लागि काम भइरहेको बताए । यसअघि मन्त्रालयले सात दिन भित्र भनेकोमा अब तीन दिनमा गर्न भनेकोले त्यसै अनुसारको व्यवस्था गर्न लागिएको उनको भनाइ छ । 

निजी प्रयोगशालाको हकमा पनि प्रक्रिया पूरा गरेकालाई इपिडिमियोलोजि तथा सरुवा रोग अस्पतालबाट अद्यावधिक भएर विवरण आउन ढिलाई भएकाले उनीहरुको पनि रकम छिट्टै भुक्तानि हुने चापागाईंले बताए । 

हाल देशभरका झन्डै १३ हजार कोरोना बीमितले रकम पाउन बाँकी रहेको छ ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts