एशियाकै प्रदुषित शहर काठमाण्डौं

What's This?


Download our app to get more features

काठमाण्डौं, ६ चैत । नेपालको राजधानी काठमाण्डौं एसियाकै सबभन्दा प्रदुषित सहर बनेको छ । सर्बियास्थित नुम्बियोडटकम नामको अनुसन्धानमूलक वेबसाइटका अनुसार पछिल्लो प्रदुषण सूचाकांक अध्ययनले काठमाण्डौं विश्वमै तेस्रो प्रदुषित सहरमा परेको देखाएको छ ।
काठमाण्डौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदुषण उच्च विन्दुमा छ भने खानेपानीमा हुने प्रदुषण पनि उच्च विन्दुमा पुगेको अध्ययनमा उल्लेख छ ।
एसियाको प्रदुषित सहरको सूचीमा काठमाण्डौं पहिलो नम्बरमा छ । फिलिपिन्सतको मनिला दोस्रो र भारतको नोयडा शहर तेस्रो स्थानमा परेको छ ।
चीनको बेइजिङ १३औं नम्बरमा छ । एसियाको यो सूचीको सबभन्दा पुछार ७४औं नम्बरमा जापानको टोकियो छ ।
विश्वकै दुषित सहरको सूचीमा काठमाण्डौं ९६.६६ अंकसहित तेस्रो स्थानमा परेको हो । विश्वकै सबभन्दा दुषित सहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इविप्टको सिकागो छ । दुवैको अंक ९९ रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
काठमाण्डौंसँगै छिमेकी मुलुक भारतका दुई सहर विश्वकै मुख्य १० प्रदुषित सहरको सूचीमा परेका छन् । भारतको नोयडा विश्वकै छैटौं, राजधानी दिल्ली आठौं र उत्तरी छिमेकी मुलुक चीनको ग्वान्झाओ सातौं प्रदूषित सहरमा सूचीकृत भएका छन् ।
विश्वमै प्रदुषित सहरको सूचीमा बंगलादेशको ढाका १४औं, ब्रजिलको साओ पाउलो १६औं, भारतको मुम्बई १७औं, चीनको बेइजिङ १८औं र पाकिस्तानको कराँची २०औं स्थानमा छन् ।

 

Last modified on 2016-03-20 18:06:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts