पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

कास्की, २४ मंसिर । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान १ः१५ बजे मृत्यु भएको हो । 

उनीमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts