माग पूरा नभए आन्दोलन गर्ने नेपाल डेन्टल साइन्स एशोसिएसनको चेतावनी

What's This?


Download our app to get more features

काठमाण्डौं, ७ चैत्र । नेपाल डेन्टल साईन्स एशोसिएसनले दाँत तथा मुख सम्बन्धि रोगहरुको समस्या समाधान गर्न दक्ष जनशक्तिलाई परिचालन गर्न सरकारसँग माग गरेको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा एशोसिएसनले आइतबार पत्रकार सम्मेलन गरेर दक्ष जनशक्तिको परिचालन गर्नुपर्ने भन्दै पाँच बुँदे मागसमेत अघि सारेको छ ।

एशोसिएसनले नेपालमा उपलब्ध जनशक्तिको उचित रुपमा व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेको छ । यस्तै एशोसिएसनले प्रत्येक जिल्लामा दन्त चिकित्सकहरुको दरवन्दी खुलाउनुपर्ने, लाइसन र प्रमणपत्रका आधारमा डेन्टर क्लिनिक सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ ।

बिना दर्ता र योग्यता सञ्चालनमा रहेका डेन्टल क्लिनिक सञ्चालकलाई तत्कालै कारवाही गर्न पनि एशोसिएसनको माग छ । पत्रकार सम्मेलनमा दक्ष जनशक्ति बेरोजगार भएकाले बिरामीले उचित उपचार नपाएको एशोसिएसनका अध्यक्ष माइकल देवकोटाले जानकारी दिए ।  

 

Last modified on 2016-03-20 20:01:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts