कोरोनाको नयाँ लक्षणः संक्रमणपछि मानिसको आँखामा हुन्छ समस्या



Download our app to get more features

एजेन्सी, २९ मंसिर । आँखामा पानी आउनु वा दुखाई हुनुलाई सामान्य मानिन्छ । लामो समयसम्म टीभी हेर्दा, ल्यापटप, कम्प्यूटर वा मोबाइल चलाउनु, चिसो पस्दा वा आँखा सुक्खा हुनुले आँखामा समस्या हुने गर्छ । तर, हालै सार्वजनिक गरिएको एक अध्ययनमा कोरोनाका कारण पनि आँखामा समस्या उत्पन्न हुने गरेको पाइएको छ । 

भारतीय डाक्टर शाहिना प्रधानले आँखामा दुखाई हुनुको कारण कोरोना भाइरस रहेको बताएकी छन् ।

डा. प्रधानले कोरोना भाइरसले मानव शरीरमै कुनै न कुनै रुपले रहिरहने बताए । बेलायतको एंग्लिया रस्किन यूनिभर्सिटीका अध्ययनकर्ताहरुले कोरोना संक्रमण भएका व्यक्तिहरुमा गरेको एक सर्वेमा उनीहरुको लक्षणको बारेमा सोधिएको थियो । संक्रमित व्यक्तिलाई कोरोना पुष्टि हुनु अगाडी स्वास्थ्य अवस्था कस्तो थियो भने भनेर सोधिएको थियो । 

प्रधानका अनुसार यो पहिलो अध्ययन हो जसमा आँखासँग सम्बन्धीत सबै लक्षणलाई कोरोना भाइरससँग जोडिएर जाँच गरिएको थियो । त्यसबाहेक यो पनि जान्ने प्रयास गरिएको थियो की, कोभिड १९ का अन्य लक्षणहरुको तुलनामा आँखासँग सम्बन्धीत लक्षण कतिदिन सम्म शरीरमा रहिरहन्छ ।
 
यो अध्ययन बीएमजे ओपन अप्थाल्मोलोजी नामक पत्रिकामा प्रकाशित गरिएको छ । 

अध्ययनकर्ताका अनुसार अध्ययनमा सहभागि कोरोना संक्रमित प्रायः बिरामीको आँखामा समस्या देखिएको थियो । यसमा १६ प्रतिशत सहभागिहरुले आँखामा दुखाईको लक्षण देखिएको बताएका थिए भने मात्रै ५ प्रतिशत मानिसले आँखामा पहिलेदेखि नै समस्या रहेको बताएका थिए ।
 
अध्ययनमा सहभागि १८ प्रतिशत मानिसले फोटोफोबिया या उज्यालोबाट समस्या हुने जस्तो लक्षण बताएका थिए । जसमा केहि व्यक्तिले कोरोना हुनुभन्दा पहिले नै समस्या रहेको भएपनि कोरोना संक्रमणपछि झन् बढेको बताएका थिए ।
 
अध्ययनमा ८३ मध्ये ८१ प्रतिशत मानिसले कोरोनासँग सम्बन्धीत लक्षणहरु दुई हप्तापछि देखिएको बताएका थिए । जसमा ८० प्रतिशत मानिसले बताएका थिए की, उनको आँखाको यो समस्या कम से कम दुई हप्तासम्म रहन्छ ।
 
कोरोना भाइरसको सामान्यतया लक्षण देखिनेमा थकाइ हो । अध्ययनमा सहभागि ९० प्रतिशत मानिसले बताएका थिए की उनमा संक्रमणको क्रममा आवश्यकता भन्दा बढी थकाइ महसुस भएको, ७६ प्रतिशत मानिसमा ज्वरो र ६६ प्रतिशत मानिसले सुक्खा खोकी भएको बताएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts