पोखराका थप दुई जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

कास्की, १ पुस । पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १२  र पोखरा १ का एकरएकजना पुरुषको मृत्यु भएको हो ।
पोखरा १२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५:४५ बजे मृत्यु भएको हो ।  उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, पोखरा १ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०:२० बजे मृत्यु भएको हो ।  उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८६ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts