हिमाली जिल्ला मनाङमा फेरि कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, ३ पुस । देशैभर कोरोना सङ्क्रमितको सङ्ख्या  घट्दो अवस्थामा रहँदा मनाङमा भने नयाँ संक्रमण देखिएको छ । जिल्लामा कोरोना शून्य भएको धेरै दिनपछि आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ ।
 
जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।

हालसम्म मनाङमा २ सय ८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts