गण्डकी प्रदेश सरुवा रोग अस्पतालको निर्देशकमा डा. गौचन नियुक्त



Download our app to get more features

 काठमाडौं, ९ पुस । गण्डकी प्रदेशको सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्।

 उनलाई बुधबार नियुक्त गरिएको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका प्रवक्ता तेजप्रसाद काफ्लेले जनाएकाछन् । 
डा. गौतम खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन्। निर्देशकका लागि ४ जनाले आवेदन दिएका थिए। जसमध्ये प्रतिस्पर्धामा धेरै नम्बर ल्याएका डा. गौचनलाई निर्देशकमा नियुक्त गरिएको हो।

यसअघि उनी अछामको बयालपाटा अस्पतालमा स्वास्थ्य सेवा निर्देशकको रुपमा कार्यरत थिए। भने बयालपाटा अस्पतालमा उनले १० वर्ष काम गरिसकेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts