कान्ति अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको उद्घाटन



Download our app to get more features

काठमाडौं, २२ पुस । कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले अस्पतालमै पुगेर भवनको उद्घाटन  गरेका हुन् ।

अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले अस्पतालको छुट्टै भवनमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा सुचारु गर्ने उदेश्यले भवनको उद्घाटन गरिएको बताए ।

उनले सिविन नेपालको सहयोगमा बालबालिकाको मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राखेर सेवा सुचारु गर्न लागिएको तर, औपचारिक रुपमा भने केहि दिनमा मात्रै सेवा सुरु हुने बताए ।

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको प्रमुखमा डा. अरुण कुवँर रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts