भरतपुर अस्पतालले मध्यविन्दु अस्पताल नवलपरासीमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने



Download our app to get more features

 चितवन, २९ पुस । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने भएको छ ।

भरतपुर अस्पताल (केन्द्रीय अस्पताल) र मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी (बर्दघाट सुस्तापूर्व) बीच मंगलवार भएको सम्झौता अनुसार तोकिएको मितिमा स्याटेलाइट क्लिनिक मार्फत विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिने भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले जानकारी दिए ।

उनका अनुसार सो सम्झौता यहि माघ एक गतेदेखि आगामी वर्ष असार मसान्तसम्म लागू हुनेछ । सो सेवा यहि माघ सात गतेबाट प्रारम्भ भएर प्रत्येक हप्ताको एकदिन नियमित रुपमा सञ्चालन हुने डा. तिवारीले बताए । त्यसको लागि प्रत्येक हप्ता आवश्यकता अनुसार दुई देखि तीन जना विशेषज्ञ चिकित्सक पठाउन लागिएको उनले बताए । उनका अनुसार सबै खाले विशेषज्ञ चिकित्सकले त्यहाँ गएर सेवा दिनेछन् ।

नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रममा केन्द्रीय अस्पताल / प्रतिष्ठानहरुले जिल्लास्थित कम्तीमा एक अस्पतालमा शल्य चिकित्सासहितको सेवा दिनुपर्ने साथै सबै स्वास्थ्य संस्थाहरूले महिनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्‍चालन गर्नुपर्ने व्यवस्था मिलाइने लगायतका विषय उल्लेख गरिएको छ ।

Last modified on 2021-01-14 07:57:21

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts