लुम्बिनी अस्पतालमा मुख तथा अनुहारको जटिल शल्यक्रिया सुरु  



Download our app to get more features

रुपन्देही, २ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पहिलो पटक मुख तथा अनुहार सम्बन्धि जटिल शल्यक्रिया सुरु भएको छ। 
सामान्य शल्यक्रिया पहिले देखी भएपनि जटिल शल्यक्रिया भने पहिलोपटक सुरु भएको हो ।
डेन्टल बिभाग प्रमुख डेन्टल कन्सल्टेन्ट डा. वर्षा थापाले हालै मात्र चोटपटक लागेर अनुहारको हडी भाचिएको बिरामीलाई शल्यक्रिया गरि हड्डी जोड्ने उपचार सफलतापुर्वक सम्पन्न गरिएको बताईन ।
 शल्यक्रियामा प्रमुख डेन्टल कन्सल्टेन्ट डा.थापा डा.विवेक महतो,कन्सल्टेन्ट म्यग्जिलो फेसियल सर्जन लगायत को टिम शल्यक्रिया गरेको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समयमा डेन्टल बिभागबाट अन्य उपचार सेवा का साथ साथै शल्यक्रिया सम्बन्धि पनि उपचार सेवा सुरु गर्न पाउदा सम्पूर्ण बिभागको मनोबल निकै उच्च भएको र यो सेवालाई निरन्तरता दिने प्रमुख डेन्टल कन्सल्टेन्ट डा. बर्षा थापाले बताईन ।

सरकारी अस्पतालमा नै गुणस्तरीय सेवा न्यून शुल्कमा प्रदान गर्न सकिएको छ। अस्पतालमा ११ वर्षे बालकको अनुहारको ट्युमरको पनि निशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थापाले बताईन ।
सम्पूर्ण अस्पताल र प्रदेश सरकारको सहयोगको कारण यस्तो उपचार सम्भब भएको र अन्य थप जटील प्रकारका सेवा दिन सकिने डा. थापाले बताईन ।
 

Last modified on 2021-01-15 20:24:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts