राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सीटीस्क्यान मेसिन संचालनमा



Download our app to get more features

रुपन्देही, ३ माघ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय २८ सलाइसको सीटीस्क्यान मेसिन संचालनमा ल्याईएको छ। सिटिस्क्यान मेसिनको सामाजीक अभियन्ता, नागरिक अगुवा, नागरिक समाज दाङका संयोजक तथा दाङ जिल्ला उबासंघका पुर्ब अध्यक्ष चन्द्रराज पन्तले गरे ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्रा डा. संगीता भण्डारिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रेडियोलोजिष्ट डा. बम बिसिले सिटि स्क्यान मेसिनको वारेमा जानाकारी गराएका थिए भने प्रतिष्ठानका डिन बसन्त लामिछानेले सिटि स्क्यान सेवा प्रभावकारी हुने भन्दै अब सीटी स्क्यानका लागि बुटवल,काठमाडौ, नेपालगंञ्ज जानुपर्ने बाध्यता हट्ने लामीछानेले बताए। यसै गरि नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही आँखा उपचार केन्द्रको औपचारीक कार्यक्रमका बिच राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाइ स्वामीत्व  जिम्मेवारिसहित हस्तान्तरण गरेको छ ।

यसै अवसरमा प्रतिष्ठानकि उपकुलपती प्राडा. संगीता भण्डारिको बिशेष उपस्थितिमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले नेत्र विशेषज्ञसहितको आँखा बिभाग उद्घाघाटन   गरे ।
दुई जना नेत्र विशेषज्ञ सहितको सेवा अब सर्बसाधारणले पाउने र अब आँखाको सर्जरि समेत अस्पतालमा हुने नेत्र विशेषज्ञ प्रज्ञा बस्नेतले बताए । बस्नेतले आँखाको पोष्ट ग्रेजुएडको पढाइ पनि छिट्टै हुने बताए। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा. सागर क्षेत्रीले अब सीटीस्क्यानको लागी र आँखा उपचार यसै बिज्ञान प्रतिष्ठानमा हुने भएपछि यसक्षेत्रका बासिन्दालाई राहत हुने बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts