सुदूरपश्चिमका ४ जिल्लामा एन्टिजेन परीक्षण सुरु



Download our app to get more features

कैलाली, ८ माघ । सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा कोरोना संक्रमण दर पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण सुरु भएको छ।

कैलाली, कञ्चनपुर, डोटी र अछामका हटस्पट मानिएका गाउँ र वडामा एन्टिजेन परीक्षण सुरु गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। स्थानीय तहका प्रयोगशाला प्राविधिकलाई तालिम र किट उपलब्ध गराएर परीक्षण थालिएको उनले बताए।

एन्टिजेन विधिबाट एक घण्टामै परीक्षण रिपोर्ट आउने र अभियान सञ्चालन गरिएका सबै क्षेत्रको संक्रमण दर थाहा पाउन १० दिन लाग्ने प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts