पछिल्लो २४ घण्टामा देशभर ३३६ जना संक्रमित थपिए, २२६ जना डिस्चार्ज



Download our app to get more features

काठमाडौं, ८ माघ । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । 

देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ३० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय ३६ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ३१ हजार ७५६ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यस्तै, देशभरबाट थप २ सय २६ जना निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ । क्वारेनटिनमा १७२ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १५० र भेन्टीलेटरमा २४ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ ।

Last modified on 2021-01-22 13:08:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts