सुदूरपश्चिममा कोरोनाविरुद्धको खोपका लागि करिब २७ हजारको तथ्यांक संकलन



Download our app to get more features

धनगढी, ८ माघ । सुदूरपश्चिम प्रदेशमा पनि भारतले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ। 
सुदूरपश्चिम प्रदेश सरकार र मातहतका निकायले खोपको सुरक्षित भण्डारण गर्दै त्यसलाई प्राथमिकताका आधारमा लगाउनेगरि तयारी थालिएको बताएका छन्। 
पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको ३ प्रतिशत जनसंख्याका लागि आउने कोरोना भाइरस विरुद्धको खोपमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिइने छ। जसका लागि २६ हजार ७ सय २३ जनाको तथ्यांक संकलन गरिएको छ। जसमा एम्बुलेन्स चालक, शववाहन चालक, सरसफाईकर्मी लगायतलाई समेत प्राथमिकतामा राखिएको छ। 
प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाबाट अग्रमोर्चामा खटिने १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी  र १२ हजार ५७ जना सुरक्षाकर्मीको तथ्यांक संकलन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए। 
पहिलो चरणमा करिब १ लाख जति खोप सुदूरपश्चिमका लागि पठाउने अनुमान गरिएको छ।

Last modified on 2021-01-21 18:21:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts