प्राडा. भगवान कोइरालाको ह्याम्स हस्पिटलमा शल्यक्रिया 



Download our app to get more features

काठमाडौं, ९ माघ ।  नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा बरिष्ठ मुटुरोग विशेषज्ञ  प्रा.डा. भगवान कोइरालाको आकस्मिक शल्यक्रिया गरिएको छ । उनको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा शल्यक्रिया गरिएको हो । 
उनको मिर्गौलामा पत्थरीको समस्या देखिएको छ । चिकित्सकहरुले उनको हिजो नै शल्यक्रिया गरि निकाली दिएका छन् ।

प्रा.डा. प्रेमराज ज्ञवाली, डा.सुमन चापागाँई र डा.सुजित पौडलको टिमले कोइरालाको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि आइसियुमा राखिएको कोइरालाको स्वास्थ्यमा सुधार आएपछि अहिले वार्डमा सारिएको छ ।

डा. कोइरालाको बुधबार एक्कासी समस्या देखिएको थियो ।

Last modified on 2021-01-23 13:21:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts