कोरोना खोपका लागि नागरिकले तिर्न तयार रहेको मूल्यको विषयमा अध्ययन गरिँदै



Download our app to get more features

काठमाडौं, ११ माघ । सरकारले कोरोना विरुद्धको खोप खरिद गर्न सक्ने नागरिकको अनुमानित क्षमताको विषयमा अध्ययन गर्ने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले वर्तमान सरकारी स्रोतको सीमितता रहेको परिप्रेक्ष्यमा आमनागरिकले कोरोना विरुद्धको खोपका लागि आफ्नो तर्फबाट अधिकतम तिर्न तयार रहेको मूल्य (Willingness to Pay) अनुमान गर्ने उदेश्य अनुरुप अध्ययन गर्ने भएको हो ।

निकट भविष्यमा सर्बसाधारण माझ कोभिड-१९ बिरुद्धको भ्याक्सिन उपलब्ध हुने र सरकारी स्रोतको सीमिताका कारण परिषदले “Willingness to Pay of general public for COVID-19 Vaccine” नामक अनुसन्धान गर्न लागेको हो । 

अनुसन्धानमा सहभागि भई आफ्नो प्रतिक्रिया दिनका लागि पनि परिषदले आग्रह गरेको छ ।

Last modified on 2021-01-24 18:52:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts