थप ७ जनाको मृत्यु, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ । यो दर कुल संक्रमितको संख्या शून्य दशलमव ७४ प्रंतिशत हो ।

यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ३९ जना आईसीयूमा उपचाररत छन् भने २३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2021-01-24 18:53:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts