नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९८ प्रतिशत, थप २ सय ७० जनामा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९८ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा थप ४ सय ३ जना स्वस्थ भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । यो दर कुल संक्रमितको ९८ प्रतिशत हो । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दर भारतको भन्दा बढी रहेको छ ।

यस्तै गत २४ घन्टामा ४ हजार ४ सय १३ पिसिआर परीक्षण गर्दा थप २ सय ७० जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ । जसमा ७ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २ हजार ५ सय ३७ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-01-24 18:52:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts