कोरोना विरुद्धको खोप अभियान माघ १४ गते सुरु हुने, खोप लगाउन मन्त्री त्रिपाठीको आग्रह



Download our app to get more features

काठमाडौं, ११ माघ । नेपालमा कोरोना विरुद्धको खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आइतवार कोरोना सम्बन्धी नियमित प्रेस बिफ्रिंगको क्रममा सो जानकारी गराएका हुन् ।

उनले माघ १४ गते बिहान १० बजे प्रधानमन्त्री ओलीले खोप अभियानको सुभारम्भ गर्ने बताए । 

मन्त्री त्रिपाठीले सोहि दिन सात प्रदेशको ६२ अस्पताल र १ सय २० खोप केन्द्रबाट खोप लगाउन सुरु हुने पनि बताए । 

यस्तै माघ १८ गते ७७ जिल्लाको ३ सय खोप केन्द्रमा खोप अभियान सुरु हुने पछि उनले बताए । 

मन्त्री त्रिपाठीले भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप कोभिशिल्डको दश लाख डोजले हाल ४ लाख ३० हजार नेपालीलाई पुग्ने जानकारी गराए ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, स्वास्थ्य स्वयंसेविका र कारागारमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको मन्त्री त्रिपाठीले उल्लेख गरे ।  

यस्तै खोप लगाइसकेपछि हुन सक्ने सम्भावित जोखिमका लागि जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले निगरानी गर्ने छन् ।

मन्त्री त्रिपाठीले भारतले विकास गरेको कोरोना विरुद्धको खोप एसियाली मुलुक र भारतमा पनि प्रभावकारी देखिएको र खोप सुरक्षित भएकाले सबैलाई निर्धक्कसँग खोप लगाउन पनि सबैलाई आगं्रह गरेका हुन् ।

Last modified on 2021-01-25 07:05:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts