सुदूरपश्चिममा पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुुरु



Download our app to get more features

धनगढी, ११ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक महिला महिनावारी हुँदा प्रयोग गरिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूह डब्लूएचआर धनगढीले कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुरु गरेको हो ।

महिनावारीका बेला प्रयोग गरिने सेनेटरी प्याडमा प्लाष्टिक मिसावट हुने र प्रयोग गरिसकेको प्याड नकुहिने तथा जलाउँदा प्रदूषण हुने भएकाले सुदूरपश्चिमको धनगढीबाट पहिलोपटक सहजै कुहिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको डब्लूएचआरका प्रादेशिक अधिकृत बेद अवस्थीले बताइन् ।

जीआइजेडको आर्थिक सहयोग र धनगढी उपमहानगरपालिकाको समन्वयमा पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको उनले बताइन् ।

उक्त सेनेटरी प्याड प्रयोग गरेको ६० दिनभित्रै कुहिने दाबी गरिएको छ । यो प्याडमा प्रयोग गरिएको सामग्रीमा प्लाष्टिक रहित हुनुका साथै किशोरीको प्रजनन स्वास्थ्यलाई ख्यालमा राखेर निर्माण गरिएको अधिकृत अवस्थीले बताइन । 

‘८ वटा पिसको ५० देखि ६० रुपैयाँसम्ममा बजारमा ल्याइने तयारीका थालिएको छ उनले भनीन, ‘अब हामीले उत्पादन गरेका सेनेटरी प्याडलाई गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न प्रक्रिया थालेका छौँ ।

Last modified on 2021-01-24 17:56:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts