प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी 



Download our app to get more features

काठमाडौं, ११ माघ । प्रदेश १ सरकारले ३५ हजारलाई कोरोना विरुद्ध खोप लगाउने तयारी गरेको छ ।

संघीय सरकारले सोमबार प्रदेशमा खोप पठाउँदैछ । बुधबारबाट १४ वटै जिल्लामा खोप अभियान सुरु गर्ने प्रदेश सरकारले दश दिनभित्र ३५ हजारलाई खोप लगाउने तयारी गरेको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका १४ वटै जिल्लाका जिल्ला र क्षेत्रिय अस्पतालबाट खोप लगाउन सुरु गरिनेछ ।

पहिलो चरणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाइने उनले बताए । स्थानीय तहले खोप लगाउने स्वास्थ्यकर्मीको नाम टिपाउने क्रम जारी रहेकाले खोप लगाउनेको संख्या केही बढ्न सक्ने उनले बताए । पहिलो चरणमा खोप लगाएकाहरुले एक महिनापछि पून दोस्रो डोज लगाउनुपर्नेछ ।

पहिलो चरणमा सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाउने बताउँदै उनले विस्तारै अन्य फ्रन्टलाइनरलाई समेटिने बताए । तयारीका लागि सोमबार छलफल बोलाइएको छ ।
संघबाट प्राप्त हुने खोप भण्डारणका लागि विराटनगरस्थित क्षेत्रीय स्टोर प्रयोग गरिनेछ । स्टोरमा करिब ७० हजार खोप अटाउन सक्ने क्षमता रहेको छ । 

भौगोलिक कठिनाइका कारण पहाडी जिल्लामा अभियान सञ्चालन गर्न समस्या हुनसक्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी र त्यसपछि फ्रन्टलाइनमा खट्ने सफाइकर्मी, सुरक्षाकर्मीसहित अन्यलाई खोप लगाउने योजना रहेको छ । 

Last modified on 2021-01-25 07:03:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts