पिजीको म्याचिङ सोमबारदेखि सुरु हुँदै

चैत २ गतेबाट शैक्षिक सत्र सुरु गरिने



Download our app to get more features

काठमाडौं, १२ माघ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का विभिन्न कार्यक्रमहरुको म्याचिङ तथा विद्यार्थी भर्नाका लागि सूचना प्रकाशित गरेको छ। 

आयोगले आज सोमबारदेखि म्याचिङ प्रणाली सुरु गर्ने जनाएको छ। आयोगका अनुसार चैत २ गतेबाट शैक्षिक सत्र सुरु हुने छ।

विगतमा ओपन हाउस काउन्सेलिङ भनेझैँ अहिले म्याचिङको व्यवस्था गरिएको छ। यो व्यवस्था अनुसार स्नातकोत्तर तहको प्रवेश परीक्षामा उर्तीण गरी योग्यताक्रममा पर्न सफल उम्मेदवारहरुलाई भर्नाका लागि विषय र शिक्षण संस्था तोकी बढीमा २५ वटा प्राथमिकता छनोट गर्ने अवसर प्रदान गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार आजबाट सरकारी कोटा तर्फको म्याचिङ प्रणाली सुरु हुने छ। भोलीबाट सुरु भएको म्याचिङ १७ गते साँझ ५ बजेसम्म हुनेछ।

पहिलो सूचीको नतिजा आयोगले १९ गते निकाल्ने जनाएको छ।


 

Last modified on 2021-01-25 15:00:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts