देशभरका ६०० बढी स्वास्थ्यकर्मीलाई कोरोना खोपसम्वन्धी तालिम दिईंदै



Download our app to get more features

काठमाडौं, १२ माघ । आज देशभरका ६०० बढी स्वास्थ्यकर्मीहरुलाई कोरोनाबिरुद्धको खोप सम्वन्धी तालिम दिइदै छ । आगामी १४ माघ देखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु गर्ने योजना बनाएको सरकारले ७७ वटै जिल्लाका जिम्मेवार स्वास्थ्य अधिकारीहरुलाई खोप बारे तालिम दिन लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक गौतमले काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ भक्तपुर र ललितपुरका गरी २०० जना स्वास्थ्यकर्मीले भौतिक रुपमै उपस्थित भएर तालिम लिनेछन् । बाँकी ७४ प्रदेशका ४०० बढी स्वास्थ्यकर्मीहरुलाई भर्च्युअल विधिबाट तालिम दिइने छ ।

उपत्यकाका तीन जिल्लामा विहान १० बजे देखि नै तालिम शुरु भएको छ । काठमाडौँको वेगन भिल्ला, ललितपुरको पाटन अस्पताल र भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा तालिमको व्यवस्था मिलाइएको छ । तर उपत्यका बाहिरका ७४ वटा जिल्लामा दिउसो साढे ३ बजे देखि जुम विधिबाट तालिम प्रदान गरिने डा. गौतमले जानकारी दिए ।

भर्च्युअल तालिममा जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, खोप फोकल पर्सन, कोलचेन अधिकृतहरु र जिल्ला अस्पताल प्रमुख सहभागी गराइने छ । यस्तै सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख, प्रदेशका कोलचेन अधिकृतहरु पनि त्यसमा सहभागी हुनेछन् ।

तालिममा खोप कसरी लगाउने रु खोपको दुरुपयोग हुन नदिन के के तरिका अपनाउने ? कसरी सुरक्षित रुपमा प्रयोग गर्ने ? लगायतका प्राविधिक पक्षका बारेमा सिकाइनेछ । खोप लगाइसकेपछि आउन सक्ने समस्या र त्यसको समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा समेत प्राविधिक तथा नीतिगत जानकारी गराइने डा. गौतमले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ माघ १० बजे विहान खोप लगाउने कार्यको शुभारम्भ गर्दैछन् । पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइन हेल्थ वर्करहरुलाई खोप दिने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Last modified on 2021-01-26 06:08:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts