७५ एचआइभी संक्रमितको मृत्यु

What's This?


Download our app to get more features

नवलपरासी, ८ चैत । नवलपरासीमा हालसम्म फेला परेका एचआइभी सङ्क्रमितमध्ये ७५ जना संक्रमितको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक गरिएको छ । नवलपरासीमा एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने मुख्य संस्था लुम्बिनी प्लस र सहभागी संस्थाले संयुक्तरुपमा तथ्यांक सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको तथ्यांकअनुसार एचआइभी संक्रमित मृत्यु हुनेको संख्या ७५ रहेको जनाइएको छ । दुवै संस्थाले एचआइभी संक्रमितका लागि उपचार सेवा, हेरचाह तथा सेवा प्रदान गरिरहेका छन् । 

कुल ५७० जना पहिचान भएका संक्रमितमध्ये ३१ जना नयाँ पहिचान भएका छन् । कार्यक्रममा दिन प्रतिदिन बढ्दै गएका एचआइभी संक्रमितको संख्या न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय र व्यक्तिको सहकार्यमा जोड दिइएको थियो । 

जिल्लामा एचआइभी संक्रमितमा पुरुषभन्दा बढी महिलाको संख्या रहेको छ भने ६२ वटा श्रीमान् र श्रीमतीको जोडीसमेत संक्रमित रहेको तथ्यांक छ । एचआइभी संक्रमितमध्ये १५ वर्षमुनिका १६ जना बालक र १६ जना बालिका छन् । 


रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts