चितवनमा पहिलो दिन २ सय ७९ जनाले लगाए कोरोनाविरुद्धको खोप

कुन केन्द्रमा कतिले लगाए ?



Download our app to get more features

चितवन, १४ माघ । चितवनमा आज पहिलो दिन २ सय ७९ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । 

जिल्लाभर तीनवटा केन्द्रमा गरी पहिलो दिन बुधवार २ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार भरतपुर अस्पतालमा एकसय २०, टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा एकसय १९ र माडीस्थित बगौडा अस्पतालमा ४० जनाले सो खोप लगाएका छन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई लगाईएको उनले बताए । सो अन्तर्गत जिल्लामा स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, एम्बुलेन्स चालक र कोभिडका कारण मृत्यु भएको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलाई खोप लगाइने छ ।

चितवनमा अहिले चार हजार एकसय डोज भ्याक्सिन प्राप्त भएको उनले जनाए । प्राप्त भ्याक्सिनले अपुग हुने भएकोले थप खोपको माग गरिएको समेत उनले बताए ।

Last modified on 2021-01-28 06:41:41

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts