स्वास्थ्यकर्मीमा कोरोनाविरुद्धको खोपले बढाएको मुस्कान 



Download our app to get more features

काठमाडौं, १४ माघ । स्वस्थ, समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका हुन् । 
डा. सागर राजभण्डारी

धेरै लामो पर्खाइपछि आज कोरोना भाइरसविरुद्धको खोपको सुरुवात भयो । आजको दिनलाई खोप इतिहासकै महत्त्वपूर्ण दिनका रूपमा लिन सकिन्छ । 

एक वर्षमा नै खोपको उत्पादन भएको छ । धेरै देशमा यसको परीक्षण भएको छ । खोपले अहिलेसम्म नकारात्मक असर देखिएको छैन । एकदमै सुरक्षित छ । निर्धक्कका साथ खोप लगाएको छु । तपाईँहरूले पनि शङ्का गर्नुपर्दैन । खोप लगाउनु हुने सबैलाई धन्यवाद । 

डा. अनुप बास्तोला

बर्ष दिनको पर्खाइको घडी सकिएको छ  ।   कोभिड संगको लडाई अन्त्य गर्ने आशा र भरोसा खोप  मित्र राष्ट्र भारत ले उत्पादन गरेको  कोरोना बिरुद्दको  खोपको पैलो मात्रा लगाइयो । 

डा.रुणा झा

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउँदा खुसी लागेको छ । खोप सुरक्षित छ । अरु महिलाले पनि निर्धक्क भएर खोप लगाउँदा हुन्छ । खोप लगाउँदा थाहै भएन । सामान्य दुख्ने हो । 
एक वर्ष अगाडि आजकै दिन कोरोनाको पहिलो परीक्षण नेपालमा भएको थियो । सबैको मेहनतले खोप नेपालमा भित्रिन सफल भयो । 
डा. भुपेन्द्र कुमार बस्नेत 

 वीर अस्पतालमा आज लगाएको कोरोना खापले धेरै खुसी बनाएको छ । 

डा. दिनेश काफ्ले

त्रिवि शिक्षण अस्पतालमा पहिलो खोप आफुले लगाउँदा खुसीको सीमा नै छैन ।


 

Last modified on 2021-01-28 09:34:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts