मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त, उपकुलपतिमा डा.साह



Download our app to get more features

जनकपुर, १९ माघ । प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ ।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो । प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साहलाई नियुक्त गरिएको छ ।

यस्तै प्रतिष्ठानको रजिष्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालुबाबु राउतले आइतबार एक कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

नियुक्ति पत्र हस्तान्तरण पछि सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ति सरकारका लागि गौरवको दिनको रुपमा रहेको बताए । 
 
उनले नवनियुक्त पदाकिारीहरुका लागि अवसर र चुनौती दुबै रहेको उल्लेख गर्दै यसै वर्षदेखि एकेडेमिक सेशनहरु सञ्चालन हुने विश्वास व्यक्त गरे ।  

Last modified on 2021-02-03 07:33:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts