अस्पतालमा बिरामीको चाप बढदै

What's This?


Download our app to get more features

पर्वत, ८ चैत । केही दिनयता बढेको गर्मीका कारण जिल्ला अस्पताल पर्वतमा बिरामीको चाप ह्वात्तै बढेको छ । जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी प्रदुषित हावाहुरीसँगै खानेपानीसमेत दुषित हुने भएपछि बिरामीको संख्यामा वृद्धि भएको हो । 


जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय २० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार केही समयअघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा बिरामी बढेको बताइएको छ । 


भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ । दुषित पानी र प्रदुषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा. सरोज दाहालले बताउँछन् । 


यसबाट बच्न दुषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणबस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डा. राजभण्डारीले बताए ।    


१५ श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । यो समस्या अझै केही सातासम्म रहने अस्पतालले जनाएको छ । यस वर्ष हिउँदमा वर्षा नभएकाले पनि बिरामीको संख्या बढेको चिकित्सकको भनाइ छ । 


जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरलका बिरामीको संख्या बढेको छ । क्लिनिकमा आउने बिरामीमध्ये दैनिक ४० देखि ६० जनासम्म बिरामीमा भाइरलको संक्रमण भेटिएको सञ्चालकको भनाइ छ । 


विशेष गरी सदरमुकामलगायत बढी जनघनत्व भएका बजार क्षेत्रमा प्रकोप बढेको छ । बालबालिकालाई जुनसुकै प्रदुषणबाट पनि टाढा राख्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 


रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts