नेपाल अर्थोपेडिक संघको अध्यक्षमा डा.प्रधान, प्रेसिडेन्ड इलेक्टमा डा. लामिछाने निर्वाचित



Download our app to get more features

काठमाडौं, २ फागुन । नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ड इलेक्टमा डा. अर्जुन प्रसाद लामिछाने निर्वाचित भएका छन् । 

माघ ३० देखि फागुन १ गते दुई दिनसम्म भएको ई भोटिङबाट डा. लामिछाने प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएका हुन् । 

उनले प्रेसिडेन्ड इलेक्टका प्रत्यासी डा. सुदिपमान वैद्यलाई १ सय ५१ भोटले पराजित गरेका छन् । डा. लामिछानेले २ सय ८५ मत प्राप्त गरेका छन् भने वैद्यले १ सय ३४ मत प्राप्त गरेका छन् ।

प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएसँगै अब डा. लामिछाने अर्को कार्यकाल स्वतः अध्यक्षमा निर्वाचित हुने छन् ।

यसअघिका प्रेसिडेन्ड इलेक्ट रहेका डा. रविन्द्रलाल प्रधान संघको अध्यक्ष चयन भएका छन् ।

संघको विधान अनुसार प्रेसिडेन्ड इलेक्टमा निर्वाचित व्यक्ति स्वतः अध्यक्षमा चयन हुने भएकाले डा. प्रधान अध्यक्षमा स्वतः चयन भएका हुन् । 

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा डा. विमलकुमार पाण्डे विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी डा. दीपक कुमार दत्तलाई पराजित गरेका हुन् । पाण्डेले २ सय ४९ मत प्राप्त गरेका छन् भने दत्तले १ सय ६८ मत प्राप्त गरेका छन् । 

यस्तै, उपाध्यक्षमा डा. अमित जोशी निर्वाचित भएका छन् । डा. सुरेश उप्रेतीलाई पराजित गर्दै डा. जोशी विजयी भएका हुन् । जोशीको २ सय ७३ मत छ भने उप्रेतीको १ सय ४८ मत रहेको छ । यसैगरी महासचिवमा. डा. विनोद शेरचन विजयी भएका छन् । उनको ३ सय ४३ मत रहेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी डा. राजराम महर्जनको जम्मा ७७ मत रहेको छ । 

यस्तै कोषाध्यक्षमा डा. गोपेशकुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन् भने सह सचिवमा डा. ऋषी विष्ट विजयी भएका छन् । उनको २ सय २७ मत रहेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी विजयन्द्र अधिकारीको १ सय ९० मत रहेको छ ।

सह कोषाध्यक्षमा डा. निरजञ्न प्रसाद पराजुली विजयी भएका छन् । उनले २ सय ५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. योगेन्द्र अग्रहरीको १ सय ५६ मत रहेको छ । 

यस्तै, सदस्यहरुमा डा. विवेक वासुकलाले ३ सय ५, डा. रामकृष्ण दाहालले २ सय ४७ र  डा. शिलु श्रेष्ठले २ सय ७४ मत ल्याएर जित हात पारेका छन् ।

ई भोटिङमा ४ सय २१ जनाले मतदान गरेका थिए । नयाँ निर्वाचित कार्य समिति आगामी सन् २०२३ सम्मको लागि हुने निर्वाचन समितिले जनाएको छ । 

Last modified on 2021-02-14 12:12:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts