लिपिस्टिक लगाउँदा यी कुरामा ध्यान दिनुस्



Download our app to get more features

काठमाडौ, २ फागुन । महिलाहरु सुन्दर हुने सपना बुन्दै बिभिन्न थरीका मेकअपका सामाग्रिहरुको प्रयोग गरेका हुन्छन्, तर गुणस्तर कम भएका लिपिस्टिकको कारण सुन्दरताको सट्टा उल्टो असर परिरहेको हुन्छ । तर  लिपिस्टिक लगाउनु अघि ओठलाई सफा पानीले राम्रोसंग धोएर सफा गर्नु उचित हुन्छ । आफ्नो छालाको प्रकार तथा मौसमअनुसार लिपिस्टिक परिवर्तन गरी लगाउनु उचित हुन्छ। लिपिस्टिक प्रयोग गर्नु अघि सो लिपिस्टिक बाट एलर्जी हुने नहुने कुराको निक्र्यौल गर्नुहोस् । जस्तो लिपिस्टीकको प्रयोग बाट एलर्जी हुन्छ त्यस्तो लिपिस्टिकको प्रयोग नगर्नु नै उचित हुन्छ ।

 लिपिस्टिकको प्रयोग गर्दा आफ्नो ब्यक्तिगत लिपिष्टीक मात्र प्रयोग गर्ने बानी बसाल्नुहोस् । अरुको लिपिस्टिक प्रयोग गर्नाले छालाका रोगहरु सर्ने संभावना प्रवल रहन्छ ।
लिपिस्टिक प्रयोग गर्ने सहि तरिका

सर्वप्रथम लिपिस्टिकको प्रयोग गर्नु अघि ओठमा रुईको कपडालाई काँचो दुधमा भिजाएर सफा गर्नुहोस्, पूरानो लिपिस्टिक पूर्ण रुपमा सफा नगरी नयाँ लिपिस्टिकको प्रयोग गर्नाले धुलो तथा फोहर ओठमा जम्ने संभावना रहन्छ । टिस्यु पेपरको सहयोगले ओठमा हल्का फाउन्डेसन लगाउनुहोस्, त्यसपश्चात एकपटक हल्का रुपमा पाउडर लगाउने गर्नुहोस् । लिप पेन्सिलले ओठलाई सही आकार दिनुहोस्, त्यसपछी मात्र लिपिस्टिकलाई हल्का तरिकाले हातले लगाउनुहोस् ।

ब्रसको सहायताले लिपिस्टिकलाई भर्नुहोस्

अफिसको लागि निस्कदै हुनुहुन्छ भने सधै हल्का रुपमा मात्र लिपिस्टिकको प्रयोग गर्नुहोस्, गहिरो रंगको लिपिस्टिकको प्रयोग रातको समयमा मात्रै प्रयोग गर्नुपर्दछ । 
यदि लिपिस्टिकलाई मिलाएर लगाएको छ भने त त्यसले सुन्दरतामा महकता नै थपिदिएको हुन्छ। त्यसैले सधै लिपिस्टिक लगाउने तरिकामा ध्यान दिनुपर्छ।

सबैभन्दा पहिले लिपिस्टिक लगाउँदा ओठ सुख्खा वा फोटेका छन्, छैनन् भन्नेमा ध्यान दिनुपर्छ। नत्र फुटेका ओठमा भित्रसम्म लिपिस्टिक गएर ओठको सुन्दरता नै विग्रीन सक्छ। त्यसैले यस्तो अवस्थामा ओठमा लिप बाम वा ग्लिसरीनलगायर मात्र लिपिस्टिक लगाउनुपर्छ। यस्तो गर्दा फाटेका ओठमा पनि लिपिस्टिक सुन्दर देखिन्छ।

लिपिस्टिक लगाउनुभन्दा पहिले ओठमा लिप पेन्सिलले आउटलाइन वा शेडलाइन बनाउनुपर्छ। यसले ओठको आकारलाई क्लियर गरिदिन्छ। र, यस्तो गर्दा लिपिस्टिक थप आकर्षक देखिन पुग्छ।

लिपिस्टिक लगाउँदा एकै कोट लगाउनु हुँदैन। यस्तो गर्दा लिपिस्टिकको रंग चाडै फिक्का बन्न पुग्छ। त्यसैले लिपिस्टिक लगाउँदा दुईरतीन कोट लगाउनुपर्छ। अर्को कुरा लिपिस्टिक लगाउँदा मेरो अनुहार र पहिरनको कलरसँग कुन कलरको लिपिस्टिक मेल खान्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।

लिपिस्टिकको एक कोट लगाएर हल्का पाउडर लगाउनुस्। यस्तो गर्दा लिपिस्टिक पुरै सेट हुन पुग्छ। यस्तो अवस्थामा लिपिस्टिकको कलर फिक्का भयो भने एक कोट अरु लगाएर गाढा बनाउन सकिन्छ। यसले गर्दा लिपिस्टिकको कलर धेरै बेरसम्म गाडा भइराख्छ।
सुत्नेबेला लिपिस्टिक उतार्न नभुल्नुहोला । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts